Logo
५ जेष्ठ २०८१, शनिबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी : पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ ।

सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिनुभयो ।

नेपाल—भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन–२, गोपालपुर ५०५ नं पिलरदेखि शुरु भएको गस्ती पाल्हीनन्दन–६ गेर्मीस्थित पिल्लर नं ५०८ सम्म भएको सशस्त्र प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

सो संयुक्त सीमा सुरक्षा गस्तीमा भारतीय सीमा सुरक्षाकर्मीको नेतृत्व भारतीय एसएसबी ठुठीवारीका प्रहरी निरीक्षक रागबेन्द्र सिंह र नेपालतर्फ सशस्त्र प्रहरी, हरपुरका सशस्त्र प्रहरी निरीक्षक ढकालले गर्नुभएको थियो ।

सो संयुक्त सीमासुरक्षा गस्तीमा भारतीय एसएसबी ठुठीबारीका तर्फबाट ११ जना र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरी हरपुरका १३ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्