Logo
६ जेष्ठ २०८१, आईतबार
(April 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेमौसमी वर्षाका कारण किसान मारमा, गहुँबाली तयार पार्न समस्या

विराटनगर : गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन्

मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा आज मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक भएको वर्षाले किसानलाई गहुँबाली भित्र्याउन कठिनाइ भइरहेको छ । बालीबाट गहुँको दाना मेशिनबाट छुटाउनका लागि घाममा राम्ररी सुकाउनुपर्छ । पटक–पटकको वर्षाले गहुँबाली सुकाउन नसक्दा कतिपय किसान मारमा परेका हुन् ।

भिजेको बालीबाट निस्कने दानामा कालो दाग पनि बस्ने गरेको, वजन पनि घट्ने गरेको र खानमा स्वादिलोसमेत नहुने भएकाले किसानले उचित मूल्य नपाउने सम्भावना रहेको किसान रामेश्वर यादवले जानकारी गराउनुभयो ।

यसका साथै वर्षाका कारण तराई क्षेत्रमा गर्मीबाट राहतको अनुभूति भए पनि विराटनगरका अधिकांश सडक हिलाम्मे भएका छन् । यस महानगरपालिकाको अधिकांश सडक निर्माणाधीन अवस्थामा रहेका कारण सडक सामान्य वर्षामा पनि हिलाम्म हुने गरेको छ । तर पनि वर्षा भएपछि सर्वसाधारणले धुलोबाट राहत पाउने गर्छन् ।

प्रकाशित मिति: Apr 28, 2018

प्रतिक्रिया दिनुहोस्