Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र प्रहरीद्वरा गाईको मासु सहित २८ बर्षीय शेख तुफैल पक्राउ

रौतहट ११ बैशाख : सशस्त्र प्रहरीले गाइको मासु सहित एक मुसलमानलाई गिरफतार गरेको छ । रौतहट स्थित ईशनाथ नगरपालिकाको बन्जरहा टोलबाट गाईको मासु सहित शसस्त्र प्रहरीले २८ बर्षीय शेख तुफैललाई पक्राउ गरेको हो ।

राष्ट्रिय जनावर समेत रहेको १२ किलो गाईको मासु सहित भारत बिहारको बलुवाबाट नेपालको बोर्डर बन्जरहा नाका हुँदै ल्याईरहेको अवस्थामा त्यहाँ तैनाथ शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल हजमिनिया रौतहटबाट बिशेष सुराकीको अधारमा गएको टोलीले आज बिहान ईशनाथ नगरपालिकाका बन्जरहा टोलबाट गढीमाई नगरपालिका ३ गमहरीया बस्ने शेख तवारखको २८ बर्षीय छोरा तुफैल पक्राउ परेका हुन् ।

पक्राउ परेका शेख तुफैल र मासु शस्त्र प्रहरी बल हजमिनिया ल्याई पत्रकार सम्मेलन गरि मासुलाई खाल्डो खनि नष्ट गरेका छन ।

पक्राउ परेका शेख तुफैललाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेललाई जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक प्रेम राज पोखरेलले बताए ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्