Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साँघुरो सडकमा गुडिरहेको जिप दुर्घटना : ३ को मृत्यु, १६ जना घाइते

डोटी, ८ वैशाख : यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा शनिबार अपराह्न डोटीमा ३ जनाको मृत्यु भएको छ । साँघुरो सडकमा गुडिरहेको ग १ ज नम्बरको जिप खस्दा शिखर नगरपालिका-३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी भुल र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज दिलबहादुर कुँवरले जानकारी दिए ।

यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा शनिबार अपराह्न डोटीमा ३ जनाको मृत्यु भएको छ । साँघुरो सडकमा गुडिरहेको ग १ ज नम्बरको जिप खस्दा शिखर नगरपालिका-३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी भुल र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज दिलबहादुर कुँवरले जानकारी दिए। दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरुमध्ये दुईको अवस्था चिन्ताजनक छ।

अपराह्न चार बजेतिर भएको दुर्घटनाको उद्धार कार्य चलिरहेको छ। घटना भएको डेढघण्टापछि एम्बुलेन्स घटनास्थल पुगेको छ। जिप धनी २४ वर्षीय भीम भुलले आफैले चलाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थल पुगेका स्थानीयका अनुसार जिप मोड्न नसकेर जिप खसेको थियो।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्