Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ए डिभिजन’ का फुटबल खेलाडी श्रेष्ठ प्रहरीद्धारा पक्राउ

काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंले ‘ए डिभिजन’ क्लवबाट राष्ट्रिय लिग र विभिन्न गोल्डकप खेल्दै आएका फुटवलर दिपेश श्रेष्ठ चोरीको मोवाईल र ल्यापटपसहित पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट मोवाईल, ल्यापटप, आईप्याड जस्ता इलेक्ट्रोनिक सामाग्रिहरु चोरेर अनलाईन र फेसबुकमार्फत विक्री गर्दैै आएका फुटबलर दिपेश श्रेष्ठ र सिन्धुपाल्चोकका ‘बाच्छो’ भन्ने सुवास खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।

महानगरीय प्रहरी वृत बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिको प्रहरी टोलीले बुधवार उनिहरुलाई काठमाडौं–६ रेम्बोडाँडाबाट नियन्त्रणमा लिइएको हो । ‘ए डिभिजन’ क्लव सरस्वतिबाट खेल्दै आएका दिपेशले नेपाल पुलिस क्लवबाट पनी खेलिसकेका छन् । पछिल्लो समय हेटौँडामा भएको प्रतियोगिता र बिराट गोल्कपमा उनी हिमालय शेर्पा क्लवको जर्सी लगाएर मैदानमा उत्रिएका थिए ।

काठमाडौं महानगरपालिका–६ रेम्बोडाँडामा रहेको श्रेष्ठको डेराबाट ३३ थान चोरीका मोबाइल, आईफोन प्याड २ थान, पावर बैंक ३ थान, सोनी कम्पनीको टेलिभिजन १ थान, साइन कम्पनीको कम्युटर मनीटर १ थान र दुई थान डिजीटल क्यामेरा प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । खड्का र श्रेष्ठको साथबाट भारतीय रुपैयाँ दुई हजार, नेपाली रुपैयाँ ४३ हजार ५ सय, गियरवाला साईकल १ थान र विभिन्न कम्पनीका ५ थान ल्यापटप बरामद गरेको छ । उनीहरुमाथि चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्