Logo
२२ बैशाख २०८१, शनिबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हराएको एक महिनापछि त्रिशूली नदीमा शव फेला

नुवाकोट : किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो । शवको जिल्ला अस्पताल त्रिशूलीमा बिहिबार परीक्षण गरी परिवारले जिम्मा लिएका छन् । मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्