Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र माओवादीको एकता अब कसैको इच्छा र लहडले नटर्ने : नेता नेपाल

बर्दिवास: नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताउएका छन् ।

महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताए ।

उनले भने “दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ”,। दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो ।

वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने उनले दाबी गरे । प्रदेश नं २ को विकास र समृद्धिका लागि वामगठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताए । नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिक रुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराई स्वेच्छिक अभिभावकत्व लिएका छन् ।

औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का पाँच वर्षीय शष्ण महराको अभिभावकत्व उनले लिएका छन् । सबनमलाई कक्षा एकमा तथा कृष्णलाई बाल कक्षामा भर्ना गराइएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्