Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितुवाको आक्रमणबाट एकजना घाइते

भीमदत्तनगर : चितुवाको आक्रमणबाट सोमबार यहाँ एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् । सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा सोमबार बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो । चितुवाले गाउँमा बाख्रासमेत खाएको छ । अहिले चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ । उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्