Logo
३० बैशाख २०८१, आईतबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्थायी शिक्षकको परीक्षा तत्काल तोक्न माग

काठमाडौँ : नेपाल शिक्षक महासंघले शिक्षा ऐन (नवौँ संशोधन) बमोजिम अस्थायी शिक्षकको परीक्षा तत्काल तोक्नुपर्ने माग गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौँ जिल्ला र महानगर समितिले विहिवार आयोजना गरेको सम्मान कार्यक्रममा महासंघका अध्यक्ष बाबुराम थापाले लामो समयदेखिको अस्थायी शिक्षकको समस्या समाधानका लागि विगतमा सरकार र आफूहरूबीच भएको सहमतिको पालना नभएसम्म खबरदारी जारी रहने बताए ।

यही चैत २३ गतेका लागि तोकिएको शिक्षक सेवा आयोत्रगको आन्तरिक परीक्षा शिक्षक र विद्यार्थीको अलग अलग अनशनका कारण शिक्षा मन्त्रालयको आग्रहमा स्थगन भएको थियो । अस्थायी शिक्षकको ७५ प्रतिशतसम्म स्थायी हुने सो परीक्षाले विद्यालयको शिक्षाको गुणस्तर ध्वस्त हुने टिप्पणी उठेपछि मन्त्रालयको नेतृत्व नवौंँ संशोधनलाई तत्काल कार्यान्वयन नगर्ने तयारीमा छ ।

 

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्