Logo
३१ बैशाख २०८१, सोमबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्साशास्त्र तर्फ स्नातकोत्तर गर्न अब मात्र २२ लाख लाग्ने, त्रिविले तोक्यो शूल्क

काठमाडौं : त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (एमडी/एमएस) को शूल्क निर्धारण गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले एमडी/एमएसको शूल्क २२ लाख रुपैयाँ तोकेको हो । तर त्रिवि कार्यकारी परिषद्ले डिन कार्यालयले गरेको सिफारिस भन्दा १ लाख रुपैयाँ कम शुल्क निर्धारण गरेको छ ।

त्रिविले शुल्क निर्धारण नगर्दा निजी मेडिकल कलेजहरुले एमडी र एमको शूल्क ६० लाख देखि १ करोड रुपैयाँ सम्म लिने गरेको आरोप लाग्ने गरेको थियो । प्राध्यापक डाक्टर गोविन्द केसीले एमडीको शुल्क २३ लाख हुनु पर्ने माग गर्दै आएका थिए । डाक्टर केसीको माग अनुसार नै आईओएम डिन कार्यालयले एमडी/एमएसको शूल्क २३ लाख रुपैयाँ तोक्न सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली राम उप्रेतीले कार्यकारी परिषद् समग्र अवस्था विश्लेषण गर्दै २२ लाख रुपैयाँ शूल्क तोकेको जानकारी दिए । कार्यकारी परिषद्ले तोकेको शूल्क कार्यन्वयन भए नभएको डिन कार्यालयले हेर्ने भन्दै कुनै संस्थाले त्रिविले तोकेको शूल्क कार्यान्वयन नगरे कारवाही गरिने उप्रेतीले बताए । त्रिभुवन विश्वविद्यालय गत आइतबार नै डिन कार्यालय र सम्बन्धित मेडिकल कलेजलाई तोकिएको नयाँ शुक्कबारे जानकारी गराई सकेको छ ।

महाराजगञ्ज मेडिकल क्याम्पस, किष्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज वीरगञ्ज, यूनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, पिपुल्स डेन्टल कलेज काठमाडौ लगायतका कलेजहरुले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई एमडि र एमएस पढाई रहेका छन् ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्