Logo
२ जेष्ठ २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड सुपरस्टार सलमान खानलाई जमानतमा आजै रिहा गरिने सम्भावना

बलिउड सुपरस्टार सलमान खानलाई हिजो जोधपुर सिजेएम कोर्टले ५ वर्षको जेल सजाय सुनाएको छ । फैसलापछि उनले एक दिन जेलमा बिताएका छन् । सलमानका करोडौं फ्यानहरुको ध्यान आज जोधपुर सेसन कोर्टतर्फ छ । किनकि त्यहाँ उनलाई जमानत दिने वा नदिने भन्ने फैसला हुनेछ । आज सलमान जमानतमा छुट्न खासै गाह्रो देखिँदैन । उनलाई जमानतमा आजै रिहा गरिने सम्भावना छ । यस्ता छन् केही कारण जसका आधारमा सलमान जमानतमा छुट्नेछन् ।

१. सबैभन्दा अहम कारण हो विगत २० वर्षमा अदालतले सुनुवाइको लागि बोलाउँदा उनी स्वयं अदालत हाजिर भएका छन् ।
२. सलमानले जाँच एजेन्सीलाई पनि घटनाको जाँचमा पूर्ण सहयोग गरेका छन् ।
३. सलमानले मुम्बइ हिट एण्ड रन केसमा जस्तो यो मुद्दामा मिडियामा कुनै किसिमको बयानबाजी गरेका छैनन् । न उनले अदालतको विषयमा प्रश्न उठाए न मजाक उडाए ।
४. यो मुद्दामा आरोपी रहेका सलमानबाहेकका अन्यलाई रिहा गरिएकोले उनलाई पनि जमानतमा रिहा गर्ने सम्भावना बलियो हुन्छ ।
५. यही मुद्दासँग जोडिएको हतियारसम्बन्धी मुद्दामा सलमान रिहा भइसकेकोले यो मुद्दामा पनि रिहा हुने सम्भावना बलियो हुन्छ ।
६. सलमानलाई हाइकोर्टले सबै आरोपबाट मुक्त गरिसकेकोले यहाँ पनि जमानत दिइने सम्भावना रहन्छ ।

यदि सेसन कोर्टबाट जमानत नपाएमा सलमान आजै जेलबाट नछुट्न सक्छन् । तर केही दिनपछि भने उनी जेलबाट छुट्ने सम्भावना रहन्छ । यदि यहाँबाट जमानत नपाए सलमानका वकिल हाइकोर्ट वा सर्वोच्च अदालत जान सक्छन् । यस्तो अवस्थामा सलमानलाई जेलबाट बाहिर आउन केही समय लाग्न सक्छ । सीजेएम कोर्टले यो फैसलामा पुनरावेदनको लागि ६० दिनको म्याद राखेको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्