Logo
३० बैशाख २०८१, आईतबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन वार्ता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरानको विषयलाई लिएर टेलिफोन वार्ता भएको छ । बुधबार बिहान भएको कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहुले सिरियाबाट अमेरिकाले सेना फिर्ता गर्ने विषयमा चासो राख्नु भएको थियो ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले बुधबार जारी गरेको वक्तव्यमा उनीहरुका बीचमा सौहार्दपूर्ण टेलिफोन वार्ता भएको उल्लेख गरिएको छ । ट्रम्पले र नेतान्याहुले क्षेत्रीय विकासक्रम र इरानका बारेमा कुराकानी गर्नु भएको पनि वक्तव्यमा जनाइएको छ । तर वक्तव्यमा कुन प्रकारको विकासका बारेमा छलफल भएको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन । इजरायलको सुरक्षाका बारेमा प्रतिबद्धता जनाइदिनु भएकोमा प्रधानमन्त्री नेतान्याहुले राष्ट्रपति ट्रम्पलाई धन्यबाद ज्ञापन गर्नु भएको भने वक्तव्यमा उल्लेख गरिएको छ ।

दुई नेताले निकट सहकार्यका लागि लगातार एकआपसमा छलफल गरिरहने सहमति पनि गरेका छन् ।
क्षेत्रीय सुरक्षा र इरानप्रतिको दृष्टिकोणका बारेमा उनीहरुले धेरै छलफल गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले “अमेरिका चाडै नै सिरियाबाट फर्किने” मंगलबार बताएकाले बुधबार नेतान्याहुसँग कुराकानी भएको हो ।

अमेरिकाले सिरियाबाट सेना फिर्ता गराउन लागेको भन्दै इजरायलले चिन्ता व्यक्त गरेको थियो ।
यद्यपी अमेरिकी सेनाले दर्जनौ थप सैनिकहरु उत्तरी सिरियामा पठाउने तयारी गरिरहेको समाचार अमेरिकी सञ्चार माध्यमहरुले सोमबार सम्प्रेषण गरेका थिए । रासस

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्