Logo
२० बैशाख २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रिजमा राखेको पानीले स्वास्थमा उत्पन्न हुने यस्ता छन् समस्या

मानिसहरु गार्मी लागे संगै चिसो पानी पिउन रुचाउने गर्छन । तर फ्रिजमा राखेको पानीले स्वास्थमा निकै खराब गर्ने गर्दछ । जुन कुरा मानिसलाई थाहा हुदा हुदै पनि वास्त्ता गर्दैनन् ।

तल दिएको छ फ्रिजमा राखेको पेय पधार्थ पिउदा शरीरमा पुग्ने असर ।

धड्कन कम हुने

विभिन्न अध्ययनहरूबाट प्राप्त नतिजाअनुसार वरफ तथा चिसो पेय पदार्थले भेगस तन्त्रिकालाई उत्तेजित पार्दछ । भेगस तन्त्रिका शरीरको महत्वपूर्ण तन्त्रिका मध्यको एक हो, जसले शरीरका अनिच्छित क्रियाकलापलाई रोक्ने गर्छ ।

भेगस तन्त्रिकाले मुटुको धडकन कम गर्नुका साथै चिसो पेय पदार्थले तन्त्रिकालाई उत्तेजित पार्छ, जसका कारण मुटुको धडकन कम हुने गर्छ ।

घाँटीको खसखस

चिसो पेय पदार्थका कारण घाँटी तथा श्वासप्रश्वास नलीमा खकार ९म्युकस० जम्मा हुने गर्दछ । उक्त नलीमा खकार जम्मा भएमा यसले श्वासप्रश्वास नलीलाई समेत प्रभावित पार्दछ ।

जसका कारण घाँटी खसखसाउने, चिलाउनेजस्ता विभिन्न समस्या उत्पन्न हुनुका साथै व्यक्तिलाई बाह्रै महिना रुघाखोकीको समस्या भइरहन्छ ।

पाइल्स तथा आन्द्रा सम्बन्धी समस्या

जसरी फ्रिजमा खानेकुरा राखेको केही समयमै जम्ने गर्छ । त्यसैगरी वरफ वा चिसो पेय पदार्थले पेटको फोहोर जमाएर कडा बनाइदिन्छ । जसका कारण कब्जियत तथा आन्द्रा सम्बन्धी समस्या निम्तिने गर्छ ।

साथै भविष्यमा यसबाट पाइल्स, आन्द्रा सम्बन्धि ठूलो समस्या निम्तन सक्छन् ।

पोषक तत्वको कमी

सामान्यतया शरीरको तापमान ३७ डिग्री हुने गर्दछ । चिसो पानीको सेवन गरेपछि शरीरलाई तापक्रम नियन्त्रण गर्न थप ऊर्जाको आवश्यकता पर्दछ ।

शरीरले यस्ता ऊर्जा खान पचाउन तथा पोषण तत्वलाई अवशोषित गर्नका लागि प्रयोग गर्छ । परिणाम स्वरूप शरीरमा कमजोरी महसुस हुने गर्छ ।

पाचन सम्बन्धी समस्या

वरफ तथा चिसो पानीको सेवनले रक्तनली साँघुरिन्छ । यसका कारण पाचन प्रक्रियामा बाधा उत्पन्न हुन्छ र पाचन प्रक्रिया सुस्त हुन्छ । पाचन प्रक्रिया सुस्त बनेपछि शरीरले आवश्यक पोषक तत्व प्राप्त गर्न सक्दैन ।

माथि दिएको जानकारी तपाईलाइ कस्तो लाग्यो रु ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्