Logo
३१ बैशाख २०८१, सोमबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु : मलाला

नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किएका छन् ।चार दिनको पाकिस्तान भ्रमणपछि उनी सोमबारै इस्लामावादबाट लन्डन फिर्ता हुनुभएको समाचारमा जनाइएको छ । समाचारअनुसार उनका परिवार पनि उनीसँगै बेलायत फर्किएको छ ।

पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उनीपहिलो पटक स्वदेश फर्किएको हो ।
स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उनको बेलायतमा उपचार भएको थियो । उपचारपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गरेको हो ।

हाल पाकिस्तानमा रहँदा उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गरेका थिए ।बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उनले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताए। उनको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ। यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिरहेको छ ।

उनले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भनेका थिए– म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ । उनले आँशु झार्दै भने– “अहिले त मेरो लागि ठूलै सुरक्षाको प्रबन्ध गरिएको होलाजस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु ।”

(रासस)

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्