Logo
३० बैशाख २०८१, आईतबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल

काठमाडौं :  प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल ।

स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको हुनसक्ने स्रोतले बतायो । प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने आज साँझसम्म लाग्नेछ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्