Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको विकासका लागि भारतसँग सहकार्य आवश्यक : उपेन्द्र यादव

राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको विकासका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

संघीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने भएकाले अब नेपालमा संघीयताबाहेकको विकल्प नरेहको बताउनुभयो ।

उहाँले मुलुकमा संघीयता समस्या नभएर समाधान हो भन्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । भारत तथा चीनजस्ता दुई ठूला छिमेकी मुलुकसँग आपसी समझदारी कायम गरेर विकासको क्षेत्रमा अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।

नेपालको विकासका लागि भारतलाई विकासको साझेदारको रुपमा सम्झनुपर्ने बताउँदै अधिकारसम्पन्न प्रदेश निर्माणका लागि प्रदेश सरकारलाई आफ्नै कानून बनाउने अधिकार दिनुपर्ने माग गर्नुभयो ।

अधिकार सम्पन्न प्रदेश निर्माण भएपछि मात्र प्रदेश विकसित र प्रगतितर्फ अगाडि बढ्ने उहाँले जिकिर गर्नुभयो । संविधान संशोधन वा कानून बनाएर भए पनि प्रदेश सरकारलाई अधिकार, शक्ति र स्रोत प्रदान गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

सुरक्षा निकाय तथा कर्मचारी अझै पनि प्रदेश मातहत नआएकाले अब पनि केन्द्र सरकारले पुरानो मानसिकता पालेर काम नचल्ने उल्लेख गर्नुभयो ।

यस्तै संविधान संशोधन तथा आफूहरुले उठाएका मुद्दा सम्बोधनको सुनिश्चित नभई यथास्थितिमा सरकारमा जान नसकिने उहाँले प्रस्ट्याउनुभयो । (रासस)

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्