Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परनिर्भरताको परकाष्ठा : सातमहिनामा अर्बौँको उपभोग्य वस्तु आयत

काठमाडौं : पछिल्लो समय परनिर्भरताले सीमा नाघ्न थालेको छ । परनिर्भरताकै कारणले दैनिक उपभोग्य वस्तुमा मासिक अर्बौं रुपैयाँ बाहिरिरहेको हो ।

चालू आर्थिक वर्षको सात महिनामा चामल, तरकारी तेल र फलफूलमा मात्र ४० अर्ब बाहिरिएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रअनुसार सात महिनामा मुलुकमा ५ खर्ब ६१ अर्ब रुपैयाँको सामानमध्ये यी चार वस्तुमा मात्र ४० अर्ब तिर्नुपरेको हो । तथ्यांकअनुसार सात महिनाको अवधिमा १७ अर्ब रुपैयाँको चामल आयात भएको छ । तरकारी सात अर्ब र फलफूल तीन अर्बको आएको छ। खानेतेल १३ अर्ब रुपैयाँको आएको छ ।

‘आयात प्रतिस्थापनको रणििनतलाई लामो समयसम्म त्यागेका कारण खाद्य वस्तुलगायत अन्य औद्योगिक वसतुको आयात अस्वाभिविक रूपले बढेको हो’, श्वेतपत्रमा उल्लेख छ । श्वेतपत्रका अनुसार २५ वर्षको अवधिमा व्यापार घाटा करिब ४२ गुणाले बढेको छ ।

आर्थिक वर्ष ०४९/५० मा २२ अर्ब व्यापार घाटा रहेकोमा गतवर्ष ०७३/७४ मा नौ खर्ब १७ अर्ब पुगेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा घाटा छ खर्ब १४ अर्ब पुगेको छ । नेपालको वैदेशिक व्यापार भारतकेन्द्रित छ । मुलुकले गर्ने कुल व्यपारमध्ये भारतसँग मात्र ६४.८ प्रतिशत छ जुन व्यापार घाटाको ६६ प्रतिशत हो । वस्तु निर्यात आयातको सात प्रतिशत मात्र धान्न सक्ने अवस्था छ ।

आयातमा भएको वृद्धिको तुलनामा निर्यातको वृद्धि निकै कम र कुनै वर्षमा ह्रास समेत आएकाले यस्तो स्थिति आएको श्वेतपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्