Logo
३१ बैशाख २०८१, सोमबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अाेली सरकारको विदेश नीतिलाइ चीनले गर्‍यो स्वागत

अाेली सरकारले लिएकाे पछिल्लाे परराष्ट्र नीतिलाइ चीनले प्रशंसा गरेको छ । उत्तरी छिमेकीले नेपालले वरिपरिका मुलुकहरूसँग मैत्रीपूर्ण सहयोगी सम्बन्ध स्थापना गर्न खोजेकोमा स्वागत पनि गरेको छ ।

बिहीबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता लु खाङले नेपालका प्रधानमन्त्री केपी शर्मावलीले हालै काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसामु नेपाल सरकारको प्रथामिकता र विदेश नीतिबारे ‘बिफ्रिङ’ दिएको सन्दर्भमा चिनियाँ परराष्ट्र प्रवक्ताले यस्तो टिप्पणी गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री वलीले नेपालको वैदेशिक नीतिबारे भनेका थिएः ‘स्वतन्त्र विदेश नीति र सन्तुलित सम्बन्ध नै नेपालको वैदेशिक मामिलाको परिचायक हो ।’ उनले चीन र भारतसँग हार्दिक तथा मैत्रीपूर्ण सम्बन्ध राख्ने धारणा सार्वजनिक गरेका थिए । ‘चीन, नेपाल र भारत एकअर्काका महत्वपूर्ण छिमेकी हुन्’, प्रवक्ता लुले भने, ‘तीनवटै पक्षले साैहार्द्रपूर्ण अन्तर्क्रिया गर्नुपर्छ र संयुक्त विकासका उपलब्धि हासिल गर्नुपर्छ ।’

चीनले भारतसँगका विवादहरू ठीक ढंगले व्यवस्थापन गर्न चाहेको बताउँदै प्रवक्ता लुले आपसी सम्बन्ध विकासलाई सही दिशातर्फ लैजान चाहेको सुनाए। ‘निर्वासित धर्मगुरू दलाई लामाको सिक्किम भ्रमण रद्ध गरेबाट भारतले चीनसँगको सम्बन्ध सुधार्न चाहेको हो?’ भनी पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा लुले भनेः ‘पछिल्लो समय आपसी प्रयासमार्फत् चीन-भारत सम्बन्धले सकारात्मक गति लिन थालेको छ ।’

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्