Logo
२० बैशाख २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम उमेरमै आमा बन्ने दलित, मधेशी र मुश्लीम समुदायका बढी

काठमाडौं : बढ्दो बालविवाहका कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ । जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह किशोरावस्थामै हुने गरेकाले २० वर्षमुनि गर्भवती हुनेको संख्या बढ्दो रुपमा रहेको पाइएको छ । उमेर नपुगिकनै गर्भवती हुनेहरुमा उमेर १६ देखि १९ वर्ष रहेको स्वास्थ्य मंत्रालयले जनाएको छ । अधिकांश कम उमेरमै आमा बन्नेमा जनजाति, दलित, मधेशी, मुश्लीम समुदायका बढी छन् ।

अन्य समुदायका गरीबीको अवस्थामा रहेका परिवारका महिला समेत गर्भवती भएको देखिएको छ । कम उमेरमै आमा बन्नेहरुमा पाठेघर खस्ने, जन्मने शिशुको तौल कम हुने र विभिन्न प्रकारका प्रजननसम्बन्धी रोग लाग्ने समस्या देखापर्ने गरेको छ । चेतनाका अभावमा आमाबुबाले उमेर नपुगीकन विवाह गरिदिँदा १९ वर्षमै आमा बनेको गुनासो गरीन सिरहाकी रानी यादब । उनले भनिन् –‘शारीरिक समस्यासँगै बच्चाको तौल कम हुँदा निकै सास्ती खेप्नुप¥यो ।’ उमेर नपुगीकनै गर्भवती हुनुहुँदैन भनेर समाजमा जनचेतना फैलाउन आवश्यक भए पनि कम उमेरमा विवाह गर्ने क्रम नरोकिनु दुःखद भएको उनले बताईन ।

चिक्त्सिकहरुका अनुसार प्रसूतिगृहमा सुरक्षित रुपमा प्रसूति हुन आउने उमेर नपुगेका आमाले जन्माएका शिशुको तौल निकै कम हुने गरेको छ । कम उमेरको आमाबाट जन्मिएको बच्चाको शरीरमा प्रतिरोधात्मक क्षमता कम हुँदा शिशुलाई निमोनियाको समस्या र कुपोषित हुने बढी सम्भावना रहन्छ । पौष्टिक आहारको कमीका कारण अधिकांश कम उमेरका गर्भवती कुपोषित रहने गरेको पाइएको छ ।

महिला र पुरुषको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने कानूनी प्रावधान भए पनि यहाँ भने लागू हुनसकेको छैन । कानूनअनुसार बालविवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था रहे पनि व्यवहारमा भने कडाइ गरेको पाइँदैन । कञ्चनपुरमा मात्रै २० प्रतिशत बालिका र १० प्रतिशत बालकको बालविवाह हुने गरेको अनुमान गरिएको छ । बालविवाह गरी कम उमेरमै शिशुलाई जन्म दिने देशको सूचीमा नेपाल दक्षिण एशियामा बंगलादेश र भारतपछि तेस्रो स्थानमा पर्छ ।

बालकको तुलनामा संंख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनबाट देखिएको छ । बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक र यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप हिंसाले बालिका र महिला थप प्रताडित हुने भएकाले यसलाई रोक्नका लागि काम अगाडि बढाउन खासै पलह गरीएको छैन् ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्