Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम एकता अन्तिम चरणमा, राजनीतिक प्रतिवेदन तयार

काठमाडौं : एमाले र माओवादीबीच हुने भनिएको वाम एकता अन्तिम चरणमा पुगेको छ । दुई पार्टीबीच पछिल्लो समय एकताका निम्ति कुरो मिल्दै जाँदा अबको केही दिन भित्रै एकता हुने निश्चित देखिएको हो ।
एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिइसकेको छ ।

कार्यदलको हालै बसेको बैठकले अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । प्रतिवेदनलाई पार्टी एकता संयोजन समितिको बैठकमा बुझाइने एमाले नेता सुवास नेम्वाङले बताए ।

कार्यदलले एकता महाधिवेशनअघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एकीकृत पार्टीको राजनीतिक कार्य्दिशा, रणनीतिक लक्ष्यलगायत मूलभूत विषय टुंगो लगाएको छ । अन्तरिम मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद अपनाउने, जनताको बहुदलीय जनवाद तथा माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनबाट टुंगो लगाउने कार्यदलमा सहमति भएको छ ।

त्यस्तै, संविधानको प्रस्तावनाअनुसार समाजवादको आधार तयार गर्ने गरी राजनीतिक कार्यदिशा अपनाउने, जनआन्दोलन, जनक्रान्ति र जनयुद्धले गरेका परिवर्तनलाई प्राप्त उपलब्धिका रूपमा स्वीकार गर्ने पनि अन्तरिम राजनीतिक प्रतिवेदनमा सहमति भएको छ ।

अन्तरिम राजनीतिक प्रतिवेदनमा पृष्ठभूमि, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा, समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा जनताको बहुदलीय जनवादका विशेषता उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्