Logo
२० बैशाख २०८१, बिहीबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली अप्ठ्यारोमा : भारतले प्रस्ताव गरेकै मितिमा चीन भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । उनलाई भारतले प्रस्ताव गरेकै मितिमा चीन भ्रमणको निम्तो आएपछि अप्ठ्यारो परेको हो ।

भारतले प्रधानमन्त्री ओलीलाई आउँदो अप्रिल ६ देखि ८ अर्थात यहि चैत २३ देखि २५ गतेसम्म भ्रमणका निम्ति प्रस्ताव गरेको छ भने चीनले पनि भारतले प्रस्ताव गरेको मितिमै पर्ने गरी ओलीलाई निम्तो पठाएको उच्च समाचार स्रोत बताउछ ।

समाचार शूत्रका अनुशार चीनले बोआओ एसिया सम्मेलनका ओलीलाई निम्तो पठाएको छ । यो सम्मेलन अप्रिल ८ देखि ११ सम्म हुने जनाइएको छ ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा गएमा त्यहिँ रहेकै दिन अप्रिल ८ देखि चीनको निम्तो छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने लगभग पक्का छ । तर चीनको निम्तो बारे ओलीले के निर्णय गर्नेछन् त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्