Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा सुन छोइनक्सनु : तोलाको रू.साढे ५८ हजार पुग्यो

काठमाडौं : सुनको भाउ एक्कासी महङ्गीएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ ५८ हजार ५ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुशार गएको एक सातामा मात्रै सुनको भाउमा १३ सय रुपैयाँले बृद्धि भएको छ ।

महासंघका अनुसार अन्तराष्ट्रिय बजारमै भाउ बढेकाले नेपालमा पनि यसको असर देखिएको हो । यसअघि २०७० सालमा सुनको भाउ सर्वांधिक महंगो भएको थियो । २०७० सालको भदौमा सुनको भाउ ६३ हजार तीन सय रुपैयाँ पुगेर सस्तिएको थियो ।

त्यसपछि २०७२ सालको माघ महिनामा सुनको भाउ तोलाको ५५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । हाल देखिएको यो बृद्धि ४ वर्ष यताकै सबैभन्दा बढी भएको महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउमा पनि केही बृद्धि भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अमेरिका र चीनबीच ट्रेड वारको खतरा बढेका कारण अन्तराष्ट्रिय बजारमा लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको भाउ उच्च दरमा बढिरहेको बताइएको छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्