Logo
२२ बैशाख २०८१, शनिबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले तोक्यो उखुको न्यूनतम मूल्य, प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ

काठमाडौं : किसानहरुको निरन्तरको दवाव पछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ ।कृषि सचिवको संयोकजत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको समितिले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

समितिले प्रतिक्वीन्टल उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा सिफारिस गरेको बुझिएको छ।
गत मंसिरमै मूल्य तोक्नुपर्ने भए पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लगायतका कारण ढिलाइ हुँदै आएको थियो ।

मन्त्रालयले उत्पादन लागत, २० प्रतिशत नाफा, कर लगायतलाई आधार लिएर उक्त न्यूनतम समर्थन मूल्य तोकिएको छ ।यसका लागि मन्त्रालयले विभिन्न चरणमा किसान र उद्योगीसँग छलफल गरेको थियो ।

मन्त्रालयले सिफारिस गरेको प्रतिक्वीन्टल न्यूनतम समर्थन अहिलेको भन्दा पाँच रुपैयाँ बढी हो ।हालसम्म यस्तो समर्थन मूल्य प्रतिक्वीन्टल पाँच सय ३१ रुपैयाँ छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यो निर्णय लागू हुनेछ ।

कृषि मन्त्रालयका अनुसार उक्त न्यूनतम समर्थन मूल्यमा किसानको सहमति रहे पनि उद्योगीले भने चिनीको भन्सार महसुल नबढाएसम्म सरकारको निर्णय नमान्ने बताएका छन् ।कम भन्सार दरका कारण आयातीत चिनी सस्तो हुँदा स्वदेशी उद्योग मारमा परेको भन्दै उद्योगीले चिनीको भन्सार ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्