Logo
५ जेष्ठ २०८१, शनिबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्धाराको गुलाव मिठाइ पसलमा आगलागी, आगलगीमा परी २ जना घाइते

काठमाडौं : काठमाडौं महानगरपालिकाको कार्यालय रहेको सुन्धारा बागदरबार क्षेत्रमा आगलागी भएको छ । महानगरपालिका कार्यालय छेउमा रहेको प्रसिद्ध गुलाव मिठाइ पसलमा आगो लागेको हो । मिठाइ पसलमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । पसलभित्र रहेका उनीहरुलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।

६ः२० देखि शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित जुद्ध वारुण यन्त्रका दमकल परिचालन गरिएको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

आगलागी भएको घरको अन्डरग्राउण्डमा पार्किङ स्टोर रहेको बताइएको छ । त्यहाँ जेनेरेट, डिजेल, कोइला लगायतका सामग्री राखिएका थिए ।

आगलागी भएको पसल सीटीसी महल नजिकै रहेको छ । अहिले आगो नियन्त्रणमा लागि दमकल र सुरक्षाकर्मीको टोली खटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्