Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति गोविन्द शर्माको निधन

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ । वरिष्ठ शल्यचिकित्सक समेत रहेका शर्मा लामो समयदेखि कलेजोको रोगबाट पीडित थिए । २०६८ सालमा कलेजोले काम गर्न छाडेपछि उनकी भान्जी शान्ता दाहालले उनलाई कलेजो दिएर कलेजो प्रत्यारोपण गरिएको थियो ।

रुसको सेन्ट पिटर्सवर्गमा कार्यरत चिकित्सक छोरी तानियालाई भेट्नका लागि उनी दुई महिना अघि रुस गएका थिए । रुसमै रहँदा नेपाली समय अनुसार बुधबार राती नौ बजे उनको निधन भएको भान्जी दाहालले जानकारी दिइन् । कलेजो प्रत्यारोपण गर्दा नै चिकित्सकले थप तीन वर्षमात्रै प्रत्यारोपण गरिएको कलेजोले काम गर्ने बताएपनि करिब छ वर्ष कलेजोले काम गरेको थियो ।

दाहालले आफूले राष्ट्रका लागि योगदान गर्नसक्ने मान्छे बाँचोस भनेर नै कलेजो दिएको स्मरण गर्दै निधन प्रति दुःख व्यक्त गरिन् ।

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्