Logo
५ जेष्ठ २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादमा तानिएका मेयर चौधरीमाथि थाल्यो अनुसन्धान

काठमाडौँ : स्थानीय युवती राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट गरिएको घटना मिलापत्र गराएपछि विवादमा तानिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले छानबिन थालेको छ ।

बोक्सी आरोपमा राधामाथि कुटपिटपछि इलाका प्रहरी कार्यालय सुख्खडमा मेयरकै उपस्थितिमा घटना मिलापत्र गरेको पाइएपछि सरकारमाथि पनि दबाब परेको छ ।

घोडघोडी नगरपालिका–५ देउकलीमा १८ वर्षीय राधा चौधरीमाथि स्थानीय धामी रामबहादुर चौधरीसहितले नारी दिवसका दिन सयौँ गाउँलेमाझ कुटपिट गरेको घटना मिलापत्र गराएपछि चौधरी विवादित भएका थिए ।

एमाले कैलालीले बनायो समिति

नेकपा एमाले कैलालीका सचिव रणबहादुर चन्दले राधामाथि भएको ज्यादती र एमालेबाट निर्वाचित मेयर ममताप्रसादको भूमिकाबारे विस्तृत अध्ययन गर्न एक कमिटि बनाइएको जानकारी दिए ।

बोक्सी आरोपमा कुटपिटको गम्भीर घटना पनि मेयरले मिलापत्र गराएको भन्दै चर्को आलोचान भएको थियो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि आलोचना भएपछि मेयर चौधरीले शनिबार विज्ञप्ती निकाल्दै आफूले मिलापत्र नगराएको उल्टै धामीलाई पनि पक्रन सघाएको स्पष्टिकरण दिएका थिए ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्