Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको मनोनयन आज, कृष्ण बहादुर महरा सभामुख बन्ने

काठमाडौँ : प्रतिनिधि सभाको सभामुख पदमा शुक्रवार मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएको छ । शुक्रवार दिउँसो १ः३० बजे मनोनयन गर्ने उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ।

एमाले र माओवादीबीच भएको पदीय भागवण्डामा माओवादीले पाएको सभामुख पदमा यसअघि उपप्रधानमन्त्री सहित विभिन्न मन्त्रालय सम्हालिसकेका माओवादी नेता कृष्ण बहादुर महरालाई जिम्मेवारी दिन लागिएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टी नेता कृष्णबहादुर महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा शुक्रबार बिहान बसेको पार्टी हेडक्वार्टरको बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

सभामुखको उम्मेदवार तय गर्न बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा छलफल भएको थियो  ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्