Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित

काठमाडौं : राष्ट्रपति निर्वाचन कार्यालयले राष्ट्रपति निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । कार्यालयले बिहिबार साँझ राष्ट्रपति उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावलीमा पहिलोमा कुमारी लक्ष्मी राई र दोश्रोमा विद्यादेवी भण्डारी रहेका छन् ।

उनीहरु दुवै जनाले बुधबार निर्वाचन आयोगमा गएर राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार माथिको दाबी विरोध र उम्मेदवारीको फिर्ताका लागि निर्धारण गरिएको समय सकिएपछि कार्यालयले राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।

अन्तिम नामावली प्रकाशनसंँगै अब गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिका लागि वहालवाला राष्ट्रपति भण्डारी र राईबीच प्रतिष्पर्धा हुने भएको छ । वाम गठबन्धनले भण्डारीलाईनै राष्ट्रपतिमा दोहोर्याउने निर्णय गर्दे साझा उम्मेद्वारका रुपमा उनलाई अघि सारेको हो ।

भण्डारीकी प्रतिष्पर्धी राई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी उम्मेदवार हुन् । दुवै उम्मेदवारको गृहजिल्ला भोजपुर हो । राष्ट्रपतिको निर्वाचन कार्यालयले मतदानका लागि फागुन २९ गते १० बजेदेखि अपरान्ह ३ बजे सम्मको समय तोकेको छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्