Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरंकुशताको अन्त्य गर्न दुई तिहाइ बहुमतको सरकार बन्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले निरंकुशताको अन्त्य गर्न दुई तिहाइ बहुमतको सरकार बनाउन थालिएको बताएका छन् ।

वाम गठबन्धनले दुई तिहाइको सरकार बनाएर निरंकुशता लाद्न खोज्दैछ भन्ने प्रमुख विपक्षी दल कांग्रेस लगायतले भ्रम छरेको भन्दै शर्माले निरंकुशता अन्त्य गर्न दुई तिहाई बहुमतको सरकार बनाउन लागिएको बताए ।

नेपालमा स्थायी सरकार बन्न नसक्दा विकास निर्माणको काम हुन नसकेको ठहर गर्दै उनले स्थायी सरकार बनाएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बताएका छन् ।

अर्घाखाँचीमा भएको साक्षत्कारमा बोल्दै नेता शर्माले लोकतन्त्रको संस्थागत विकास गर्नका लागि पनि दुई तिहाइको सरकार आवश्यक रहेको बताए ।

जनताको चाहना अनुसार संविधान संसोधन गर्न सकिने उनको भनाई छ । जनताले जिताएका प्रतिनिधिको बहुमतले संविधान संशोधन गर्न सक्ने भएकाले संविधान संशोधनको विषयलाइ ठूलो विषय बनाउन नहुने बताए ।

संसदमै समृद्धी र भ्रष्टाचारको विषयले मुख्य बिषयका साथ प्राथमिकता पाउनुले देशमा नयाँ आयाम थपिने विश्वास लिन सकिने उनको ठहर छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्