Logo
२२ बैशाख २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोगीरा सररर..: तराईवासीले शुक्रवार होली मनाइँदै (जोगिरा भिडियो सहित)

काठमाडौं : तराई तथा मधेस क्षेत्रमा आज हर्षोलसका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । हिजो (बिहीबार) देशका पहाडी जिल्लामा होली पर्व मनाइएको थियो । तराई तथा मधेस क्षेत्रमा पूर्णिमाको भोलिपल्ट रङहरुको पर्व होली मनाउने प्रचलन छ । राजधानी काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका मानिसहरुले पनि एकआपसमा रङ र अबिर लगाएर होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली मनाउने चलन छ ।

आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने पर्वको रुपमा होलीलाई लिइन्छ । यस अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गरिन्छ । दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने प्रचलन सुरु भएको हो । होली पर्वकै अवसरमा सरकारले तराईका जिल्लाहरुमा आज बिदा दिएको छ ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्