Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ : प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेद्वारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओलीसमक्ष भिसोकिन्सीले आग्रह गर्नुभएको छ ।

उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक, साँस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभएको छ । ‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु । मन्त्रिपरिषदमा छलफल गरेर निणर्य गर्नेछु’प्रधानमन्त्री ओलीले भन्नुभयो ।

रसियाले नेपालको विकासकालागि गरेको सहयोगको प्रशंशा प्रधानमन्त्री ओलीले गर्नुभएको छ । भेटमा नेपालका लागि रसियाका राजदुत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाइ तथा शुभकामना पठाएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्