Logo
५ जेष्ठ २०८१, शनिबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धदिङमा कपडा पेल्ने मेसिन पड्किँदा दुईको मृत्यु

धदिङ : धदिङको बेनिघाट रोराङ गाउँ पालिकाको वडा नम्बर ३ मा कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान ८ बजे तिर भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत मोतिहारी घर भएका अब्दुल अन्सारी र मन्डुल अन्सारी रहेका छन् ।

ट्याक्टरबाट चलाउने उक्त मेसिन पड्कदा त्यसका सामानहरु २ सय मिटर परसम्म पुगेका थिए । पाटपूर्जा उछिट्टिएर काम गरिरहेका मजदुरलाई लाग्दा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्