Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्दो कमिशन र भ्रष्टाचार नियन्त्रण नयाँ सरकारको ठुलो चुनौती : उपेन्द्र यादव

काठमाडौं : संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले देशमा बढ्दो कमिशन र भ्रष्टाचार नियन्त्रण नयाँ सरकारको लागि ठुलो चुनौतीको रुपमा रहेको बताएका छन । मधेश तराई कर्मचारी युनियन नेपाल उड्ययन प्राधिकरणद्धारा आयोजित होलीको शुभकामना आदान प्रदान एवं चौथो महाधिबेशनको कार्यक्रममा बोल्दै नेता यादवले यस्तो बताएका हुन । तिनकुने स्थित एक पार्टी प्यालेसमा सोमबार आयोजित सो कार्यक्रममा बोल्दै नेता यादवले जनतालाई शुसासनको अनुभूति गराउनु ,उत्पदान गर्न नसकेका उत्पादनशिल वस्तुहरुको व्यवस्थापन गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु नयाँ सरकारको लागि ठुलो चुनौती सावित हुने बताए ।

अब बन्ने नया राष्ट्रिय सरकारले यस्ता चुनौतीहरुको सामना गरी देशलाई नयाँ दिशा प्रदान गर्नु पर्ने आवश्यतामा उनले जोड दिए । बहुभाषिक ,बहुजातीय अत्यन्त पुरानो सभ्यता संस्कृतिले धनाढ्य राष्ट्र आर्थिक रुपमा विपन्न हुनुलाई दुर्भाग्य बताउँदै नेता यादवले भने –‘मुलुकमा जारी रहेको समस्याहरुको मुल कारण आर्थिक समस्यामै टुंगिन्छ ,त्यसैले आर्थिक स्तर उकास्न उद्योग विगतमा नाफामा रहेका उद्योग धन्दा , कल कारखाना संचालनमा नयाँ क्रान्ति ल्याउनु पर्छ ।’ कार्यक्रममा उड्ययन प्राधिकरणमा कार्यरत बिभिन्न तहका कर्मचारीहरुले बिमानस्थमा रहेका बिभिन्न समस्याहरुबारे औल्याएका थिए ।

नेपाल सरकारको एयरलाईन्स र थाई एयरवेज एकै पटक सुरु भएकोभए पनि अहिले थाई एयरको प्रगति र नेपाल एयरलाईन्सको दुर्गतिबारे तुलना गर्दै नेता यादवले हामी किन तरक्की गर्न सकेनौ ? किन कहाँ चुक भयो ? हामी कहाँ फेल भयौं भन्ने प्रश्न समेत गरे ।

यातायातको क्षेत्रमा हामी अत्यन्त पिछाडी परेको मुलुक भएको र आधुनिक युगमा यातायात बिना कुनै पनि विकास समभ्व नभएको हुँदा यसको विस्तारको लागि सर्बै पक्षले आ आफ्नो भूमिका ईमान्दारी पुर्वक निर्वाह गर्नु पर्ने आवश्यकता समेत नेता यादवले औंल्याएका थिए । सोमबारदेखि सुरु युनियनको महाधिबेशनले मंगलबार सम्म नयाँ कार्य समिति चयन गर्ने जानकारी कार्यवाहक अध्यक्ष अनिल गुप्ताले दिएका छन ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्