Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा आगलागी

काठमाडौं : पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि अहिले महानगरपालिका, नेपाली सेना र प्रहरीका गरी ४ दमकलले प्रयास गरिरहेका छन् ।

भवनको चौथो तलामा रहेको एनआइसी ल्याङ्वेज सेन्टरमा विहान करिब १० बजेबाट आगलागीको शुरु भएको हो । आगलागीको कारण ग्यास लिक भएको प्रहरीले जानकारी दिएको छ । विद्युत् सर्ट भएर सेयर मार्केट भवनको चौथो तलाबाट आगलागी सुरु भएको अनुुमान गरिएको बताइएको छ ।

वरिपरिका अन्य दुई घरमा पनि आगो फैलिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि सातवटा दमकलसँगै ल्याडर र निजी पानी ट्यांकीको प्रयोग भइरहेको काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटी जानकारी दिए । आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्रका तीन तथा ललितपुर महानगर, भक्तपुर महानगर, नेपाली सेना र नेपाल प्रहरीको एक/एक गरी सातवटा दमकलको प्रयोग भइरहेको हो ।

 

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्