Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशुलीमा सचिव यादवसँगै हराएका ईन्जिनियर सन्तोषको शव भेटियो

काठमाडौं : कपिलवस्तुबाट काठमाडौंका लागि छुटेको सिँचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसँगै जिप दुर्घटनामा परी गत शनिबार वेपत्ता ईन्जिनियर सन्तोष यादवको शव शुक्रबार अपराह्न फेला परेको छ । ईन्जिनियर सन्तोष पनि चालकसँगै पानीमा खसेर मृत्यु भएको हुन सक्ने गजुरीस्थित प्रहरीले अनुमान लगाएको छ ।

वेनीघाट रोराङ-३ गोमती खोला नजिक त्रिशूलीमा तैरीरहेको अवस्थामा फेला परेको हो । जिपको पछाडि बसेका चालक निरन्जन यादव अधिकारी भने फुत्केर बाँच्न सफल भएका थिए । उनलाई स्थानीयवासीले त्रिशूली नदीबाटै उद्धार गरेका थिए ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्