Logo
२२ बैशाख २०८१, शनिबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सासूको हत्या गर्ने बुहारीलाई जन्मकैद

जाजरकोट : जाजरकोटमा सासूको हत्या गर्ने एक बुहारीलाई जिल्ला अदालत जाजरकोटले सर्वस्वसहित जन्मकैद सुनाएको छ । भेरी नगरपालिका–१ रिम्नाकी भवानी रानालाई सासू हत्या अभियोगमा अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

घट्ट बेचेको ६ हजार रुपैयाँ नदिएको भन्दै कात्तिक २४ गते भेरी नगरपालिका–१ की सासू पुनिकला रानाको भवानीले हत्या गरेकी थिइन् । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले बिहीबार उक्त फैसला सुनाएको हो ।

सासू पुनिकलाको टाउको र कन्चटमा लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । भवानीले सासू पुनिकलालाई बोतलले हिर्काएर हत्या गरेको प्रमाणसहित अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । यससँगै उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्