Logo
२२ बैशाख २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस व्यवसायी समितिमा तेश्रो पटक खरेल निर्वाचित

बुटवल : पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षमा पुनः दधिराम खरेल निर्वाचित भएका छन् । निर्वाचनमा बामगठबन्धन र नेपाली कांग्रेसबीच प्यानलै बनाएर प्रतिष्पर्धा भएको थियो । अध्यक्षमा निर्वाचित खरेलको यो तेश्रो पटक हो । नयां नेतृत्वका लागि सोमबार भएको निर्वाचनबाट दधिराम खरेल सहित पुरानै अनुहारको कार्यसमिति तयार भएको हो ।

पदाधिकारी सहित अधिकांश सदस्यमा बाम गठबन्धनको बर्चश्व देखिएको छ । महासचिव र एक सहसचीव बाहेक पदाधिकारीमा सबै बामगठबन्धनका बिजयी भएको निर्वाचन समितिले जनाएको छ । संघको बरिष्ठ उपाध्यक्ष्ँमा नारायण घिमिरे, उपाध्यक्षद्वयमा जीवन बन्जाडे र गोपाल पौडेल, महासचिवमा पदमराज गाहा, सचीवमा रामचन्द्र भुसाल, सहसचिवमा चेतनारायण बेल्बासे र सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा मोहन पियस विजयी भएका छन् ।

बिभिन्न १५ रुटबाट २२ जना सदस्यमा बामगठबन्धनका १३ जना बिजयी भए भने प्रजातान्त्रिक प्यानलबाट ९ जना बिजयी भएका छन् । निर्वाचित सदस्यहरुमा लिला खराल, रुक्मागत पाण्डे, केहरसिंह राना, नारायण प्रसाद भण्डारी, चन्द्रज्योती बस्याल, विष्णु प्रसाद काफ्ले, जिवन रेग्मी, रामचन्द्र खड्का, युवराज नेपाल, विजय तिवारी छन् ।

यस्तै विकास भट्टराई, राम बहादुर बस्नेत, रामभगत चौधरी, प्रकाश बन्जाडे, तेज बहादुर क्षेत्री, दिपक पछाई, रोशन पौडेल, टेकराज भट्टराई, रामजी घिमिरे, रमेश प्रसाद अधिकारी, रामबहादुर कार्की र मन बहादुर पौडेल रहेका छन् । त्यस्तै लेखासमिती संयोजकमा केशवराज पन्थी तथा सदस्यहरुमा कृष्ण प्रसाद सापकोटा र ऋषिराम डुम्रे निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्