Logo
२२ बैशाख २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलोपालोमा सरकारको नेतृत्व गर्ने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं : आलोपालो तरिकाबाट सरकारको नेतृत्व गर्ने सम्झदारी गर्दै नेकपा एमाले आफ्ना अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधवार आकस्मिक बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको उम्मेदवार पार्टी अध्यक्ष ओलीलाई बनाउने निर्णय गरेको हो ।

माओवादीसंग पार्टी एकता र सरकार निर्माणबारे निर्णय लिन बसेको एमाले बैठकले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने समेत निर्णय गरेको एमाले उपमहासचिव घनश्याम भुसालले बताए । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिए लगत्तै ललितपुरको मानभवन स्थित शारदा अधिकारीको घरमा एमाले स्थायी कमिटी बैठक बोलाइएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले छलफलको लागि भन्दै आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए । अन्य प्राविधिक विषयबारे निर्णय लिन कार्यदल बनाउने निर्णय समेत एमालेले गरेको छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्