Logo
२२ बैशाख २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उप-प्रधानमन्त्री थापा औपचारिकरुपमा मन्त्रालयबाट बिदा

काठमाडाँै: उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिएका छन् । ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनको बिदाइ गरिएको हो । ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गरे ।

उनले भने– “मन्त्रालयमा आउँदा मैले आफ्नो मर्यादा र सीमा बुझेको थिए, धेरै महत्वकांक्षी थिएन, बूढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना नेपाली पूँजीमा निर्माण गर्नेजस्ता ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण निर्णय र कार्य योजना तयार भएका छन् ।”

ऊर्जा मन्त्रालयका सचिव अनुप शर्मा र शहरी विकास मन्त्रालयमा सचिव जीतेन्द्रनाथ शर्माले उपप्रधानमन्त्री थापाको बिदाइ गर्दै उनको कार्यकालमा कुनै राजनीतिक दबाब र प्रभाव झेल्नु नपरेको भनी सन्तोष व्यक्त गरे । वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट एक दुई दिनभित्रै राजीनामा आउने चर्चा चलेको बेला उपप्रधानमन्त्री थापाले आज आफूले जिम्मेवारी सम्हाल्नुभएको मन्त्रालयबाट बिदाइ भएका हुन् ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्