Logo
२२ बैशाख २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरुवामा परेपछि SSP रवीन्द्र धानुक छुट्टीमा, पोखरेलले सम्हाले जिम्मेवारी

काठमाडौं : नेपाल प्रहरीका आइजीपी प्रकाश अर्यालले महानगरीय प्रहरी परिसरक प्रमुख एसएसपी रवीन्द्र धानुकलाई तानेर विश्वराज पोखरेललाई पठाइए । उनले जिम्मेवारी समेत सम्हालेका छन् । आफूमाथि कडा कारवाही हुने चाल पाएपछि धानुक ५ दिने छुट्टीमा गएका छन् र उनी छुट्टी लम्ब्याउने तरखरमा लागेका छन् ।

इमान्दार प्रहरी अधिकारीको छाप भएका पोखरेलले जहाँ जहाँ जिम्मेवारी पाए, उनमा घूस खाएको वा अपराधीहरुसँग मिलोमतो गरेको दाग लागेको छैन । यसकारण राजधानीमा रवीन्द्र धानुकले गर्न नसेकको निर्माण व्यवसायीको हत्या, गुण्डागर्दी, नवराज सिलवाल पक्राउलगायतका काम फत्ते गरेर राजधानीको सुरक्षा व्यवस्था चुस्त पार्ने विश्वास धेरैले गरेका छन् ।

रवीन्द्र धानुकले सय जनाको जत्थाले चुडामणि शर्माको घरमा ढुंगामुढा गर्नेलाई समेत छुट दिएको आरोप लागेको छ । कानुनी प्रक्रियाको शासनमा असहयोग गरेको र अनेकन अपराधिक तत्वसँग सेटिङमा काम गर्ने बिगत भएका रवीन्द्र धानुकबारे हेडक्वार्टरमै अव तेरा क्या होगा कालिया भनेर चर्चा गर्न थालिएको छ ।

यद्यपि असाध्यै खाने र मातहतलाई खानदिने, माथिसम्म पु¥याएको धक्कु लगाएर टिकेका धानुकलाई हेडक्वार्टर तानेपछि प्रश्न उठेको छ, सत्य सेवा सुरक्षाको अपमान गर्ने र बदमासी गर्ने अधिकारीलाई बचाउनैका लागि तान्ने, हान्न नसक्ने हो भने सुरक्षा निकाय कसरी मजबुत हुन्छ होला र ?

स्रोतका अनुसार धानुकलाई धवलागिरी सरुवा गरिएको छ तर त्यहाँ पनि उनको गलत बानी सुध्रिन्छ भन्ने विश्वास गर्न सकिन्न । आफूले पाएको जिम्मेवारी सफलता पूर्वक निर्वाह गर्न सके भने विश्वराज भावी आइजीपी सम्म बन्नसक्ने ल्याकत र लाइनका अधिकारी पनि हुन्,उनको काममा निर्भर हुनेछ । गोरखा एक्सप्रेसमा खबर छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्