Logo
२२ बैशाख २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोजन, प्रसाद र दक्षिणा सहित डोलेश्वरबाट ५ सय साधुको बिदाइ

नगरकोट : केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार बिदाइ गरिएको छ ।

शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिर दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो । डोलेश्वर आएका झण्डै ५०० साधुसन्तमध्ये आज ३०० साधुसन्त बिदाइ कार्यक्रममा सहभागी भएका र बाँकी साधुसन्त बिदाइ कार्यक्रममा सहभागी नभइकन फर्केको उक्त मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमान सिंह बस्नेतले बताए ।

त्यहाँ आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहनबल्लले बताए । ‘क’ वर्गका साधुसन्तलाई नगद रु एक हजार १००, ‘ख’ वर्गलाई नगद रु सात सय सात र ‘ग’ वर्गलाई नगद रु पाँच सय ५ तथा प्रत्येकलाई एक थान कम्बल र एकथान धोती प्रदान गरिएको उनले जानकारी दिए ।

डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तको आगमन हुँदै आएको छ । शिवरात्रि पर्वमा एक हप्ता अघिदेखि देशका विभिन्न भाग तथा भारतबाट साधुसन्त त्यहाँ आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्