Logo
२२ बैशाख २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ५ को सभामुखमा पूर्ण घर्ती निर्वाचत

बुटवल : रुकुमका सांसद पूर्ण घर्ती प्रदेश नम्बर ५ को सभामुखमा निर्वाचत भएका छन् । बुधबार दिउँसो १ बजे बसेको संसद बैठकले घर्तिलाई सभामुख चयन गरेको हो । सभामुखको निर्वाचन हुने कार्यसूची रहेको बैठकमा दधीराम पौडेलले घर्तीलाई सभामुखमा प्रस्ताव गरेका थिए । उनको विपक्षमा कुनै पनि उम्मेद्वारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन् ।

वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका उनका लागि प्रस्तावकले निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेको जानकारी गराएपछि उनी निर्वाचित भएका हुन् । आजको बैठकमा अन्य कार्यसूची नरहेकोले अर्को बैठक फागुन ६ गते १ बजे सम्मलाई स्थगित भएको छ।

घर्तीको आजै सपथग्रहण कार्यक्रम छ । त्यस्तै आज नै प्रदेश ५ ले मुख्यमन्त्री पाउँदै छ । एमाले संसदीय दलको नेता शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् । दाङबाट निर्वाचित पोखरेललाई वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्