Logo
२२ बैशाख २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको अन्तिम नतिजा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।  गत मंसिर १० र २१ गते भएको प्रतिनिधसभातर्फको परिणाम आयोगले आज राष्ट्रपतिलाई बुझाउन लागेको हो । आयोगका प्रवक्ता नवराज ढकालले दलहरुले सच्चाएको सुचि ५ बजेभित्र बुझाएपछि आयोगले आजै राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी गरेको बताए ।

आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि दलहरुलाई नयाँ जनमतका आधारमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।  संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न ढिलाइ गर्दै आएको थियो ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्