Logo
२३ बैशाख २०८१, आईतबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढासुब्बा गोल्डकपको २० अौ संस्करण थ्री स्टार क्लबले जिते

धरान : बुढासुब्बा रेडबुल गोल्डकपको २० अौ संस्करण थ्री स्टार क्लबले जितेको छ । धरान रंगशालामा शनिबार सम्पन्न उपाधि भीडन्तमा थ्री स्टारले विभागीय टोली पुलिस क्लबलाई एक शून्यले स्तब्ध बनाएको हो । रोमान्चक बनेको खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

यद्यपि १०६ अौँ मिेनेटमा थ्री स्टारका अजेयी मार्टिनले गोल गरे । सोही गोल अन्तत: निर्णायक बन्यो ।  उपाधि हात पारेको थ्री स्टारले ट्रफीसहित ६ लाख ५० हजार रूपैयाँ हात पारेको छ। त्यसैगरी उपविजेतामा सीमित पुलिस क्लबले ३ लाख रूपैयामा चित्त बुझाएको छ । यसअघि पोखरामा सम्पन्न अाहा रारा गोल्डकपमा पुलिस क्लबसँग थ्रीस्टार एक शुन्यले पराजित भएको थियो ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्