Logo
२२ बैशाख २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले औपचारिक रुपमा पहिलोपटक नेपाललाई अपराधी सुपुर्दगी गर्दै

काठमाडौं : संभवत इतिहासमै पहिलो पटक भारतले रुपमा एक ‘मोस्ट वान्टेड’ अपराधीलाई पक्राउ गरी औपचारिक रुपमा नेपाललाई बुझाउँदैछ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका आतिनी भन्ने मुखिया गुरुङलाई शुक्रबार औपचारीक रुपमा सुर्पुदगी गरेर नेपाल ल्याउनलाई बुझाउन लागिएको उच्च श्रोतको दावी छ ।

१६ वर्षअघि ठमेलको भएको एक घटनामा उनी फरार थिए । २०५८ साल कात्तिक १८ गते ठमेलको ‘जुली स्टुडियो ५४’ नामक डिस्कोमा गुरुङ लगायतका व्यक्तिहरुले सुवर्ण गुरुङको हत्या गरेका थिए । कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायत व्यक्तिले धारिलो हतियार प्रयोग गरेर सुवर्णको हत्या गरेका थिए ।

यससम्बन्धी पत्रमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हस्ताक्षर गरेकी छन् । नेपालबाट भागेर भारत पुगेका हुन् या भारतमा अपराध गरेर नेपाल छिरेका । त्यस्ता अपराधीहरु पक्राउ गरेर प्रहरीले गोप्य रुपमा एक/अर्कालाई बुझाउँदै आएको छ । तर, शुक्रबार औपचारिक रुपमा यस्तो एक अपराधीको ‘लेनदेन’ हुँदैछ, जुन दुई देशबीचको पहिलो वैद्य सुपुर्दगी हुनेछ ।

पक्राउ परेपछि उनलाई सुपुर्दगीका लागि नेपाल प्रहरीले पहल गरेको थियो । अदालतको आदेशपछि सुपुर्दगीको बाटो खुलेको हो । दिल्ली उच्च अदालतले गुरुङलाई नेपालमा सुपुर्दगी गर्न आदेश दिएपछि प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्