Logo
५ जेष्ठ २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्दै गएको चेतनाले हिउँदयाममा पनि विद्युतको आपूर्ती सहज

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको भन्दा कम मागका कारण यो हिउँदयाममा विद्युतको आपूर्ती सहज भएको जनाएको छ । प्राधिकरणले ३ सय ३० मेगावाट अपुग हुने अनुमान गरिएको भएतापनि २ सय ८० मेगावाट मात्रै अपुग भएको र केही औद्योगिक क्षेत्रमा लोडसेडिङ गरी त्यसलाई समेत सहजै व्यवस्थापन गरिएको प्राधिकरणका विद्युत व्यापार विभाग प्रमुख एवं प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

हाल मुलुकभर १३ सय ८० मेगावाट विद्युतको माग रहेको छ । जसमध्ये २ सय ८० देखि ३०० को हाराहारीमा मात्रै अपुग छ । हिउँद यामभर अर्थात फागुनको अन्त्यसम्ममा हिउँ पग्लने क्रम सुरु हुने र नदीमा पानीको बहाव समेत बढ्ने भएकाले विद्युत आपूर्तीमा कुनै समस्या नहुने अधिकारीको भनाइ छ । सर्वसाधारणमा पछिल्लो समय बढ्दै गएको चेतनाले विद्युतीय सामाग्रीको प्रयोग घटेकोले पनि यो हिउँदमा माग कम भएको हुनसक्ने अधिकारीले बताए ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्