Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपराधी पत्ता लगाउने चीनले बनायो विशेष चश्मा, यस्तो छ विशेषता

बीबीसी, चिनियाँ प्रहरीले अपराधी पत्ता लगाउन सक्ने विशेष चश्मा प्रयोगमा ल्याएको छ। उक्त चश्मा अपराधी पहिचानका लागि प्रभावकारी हुने प्रहरीले दावी गरेको छ । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चिनियाँ नयाँ वर्षका लागि चीनले सुरक्षा व्यवस्था कडा बनाएको छ। ‘अपराधीमाथि नजर राख्न विशेष प्रविधियुक्त चश्मा प्रयोगमा ल्याइएको छ,’ चिनियाँ अधिकारीले भने , ‘जसले सजिलैसँग उसको अनुहार पहिचान गर्न सक्छ ।’

नयाँ वर्षका अवसरमा ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्न र भीडमा संदिग्धलाई पहिचान गर्न यस प्रकारको चश्मासहित सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिएकाे छ ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्