Logo
५ जेष्ठ २०८१, शनिबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता जीतेन्द्रले ४७ वर्षअघि आफ्नै ‘बहिनी’लाई यौन दुर्व्यवहार गरेको भन्दै अहिले उजुरी

बलिउड अभिनेता जीतेन्द्रविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । उनी २८ वर्षको हुँदा आफ्नै १८ वर्षीया ‘कजन’लाई यौन दुर्व्यवहार गरेको आरोप ती पीडितले ४७ वर्षपछि लगाएकी छन् ।

आफन्तले गरेका यौन दुर्व्यवहार सहेर बसेकी पीडितलाई त्यसविरुद्ध बोल्न महिलावादी अभियान चलाइरहेकाले प्रेरित गरेका थिए । अहिले आएर ती पीडितका बुबाआमाको निधनपछि उनले महाराष्ट्र प्रहरीमा उजुरी गरेकी हुन् ।

पीडितका अनुसार जीतेन्द्रले फिल्म सुटिङ स्थलमा लगेर उनीमाथि दुर्व्यवहार गरेका थिए । त्यतिबेला ती युवतीका बुबाको अनुमति लिएर जितेन्द्रले नातामा बहिनी पर्ने ती युवतीलाई आफ्नो सुटिङस्थलमा लगेका थिए भन्दै भारतिय संचारमाध्यमहरुमा खबर छ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्