Logo
५ जेष्ठ २०८१, शनिबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगो लगाई धनुषामा मुस्लिम महिलाको हत्या प्रयास

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ मा एक महिलामाथि आगो लगाई हत्या प्रयास भएको छ ।घटना गएको शनिबार बिहान ९ बजे भएको हो । क्षिरेश्वरनाथ नगरपालिका हार्सरकी २० वर्षीया हजरा खातुनको टाउकोभन्दा तलको ८५ प्रतिशत शरीरको भाग जलेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

शरीरको अधिकांश भाग जलेका कारण घाइते हजराको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । घरायसी विवादमा महिलामाथि आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले हजराको श्रीमान रसिद राइनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक सिंहले बताए । घरायसी विषयमा विवाद हुँदै आएको त्यही कारणले घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । हजराको नागरिकता बनाइदिने विषयमा विवाद भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्