Logo
२२ बैशाख २०८१, शनिबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभावभित्र पनि सम्भावनालाई पहिचान गर्नु आवश्यक : उपेन्द्र यादव

राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अभावभित्र पनि सम्भावनालाई पहिचान गर्दै विकास र समृद्धितर्फ अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ । आज रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा उहाँले भन्नुभयो – “जातीय विभेद र घृणाले मधेसको विकास हुन सक्दैन्, त्यसैले जातीय सद्भाव र सहिष्णुता कायम गर्न सबैको सोचमा परिवर्तन हुनुपर्दछ ।”

अध्यक्ष यादवले संघीय संरचनामा पनि २ नं प्रदेशलाई विभेद गरिएको उल्लेख गर्दै “संघीयतामा संरचनागत विभेद छ, प्रदेश नं २ मा जति चरम गरिबी, बेरोजगारी र अभाव अन्य कुनै पनि प्रदेशमा छैन,” भन्नुभयो । मधेसका महिलाहरु अझै पनि आर्थिक, सामाजिक र पहुँचमा पछि परेको बताउँदै उहाँले देशको युवा शक्ति विदेश पलायन हुने र अर्कातिर बाँकी रहेका युवा पनि कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले युवाहरु नैतिकवान् र आदर्शवान् नभएसम्म समाजको विकास असम्भव छ भन्दै विकास र समृद्धिको मूल आधार शिक्षा भए पनि मधेशको शिक्षा नीति ध्वस्त भइसकेको धारणा व्यक्त गर्नुभयो । समृद्ध समाज बनाउन गुणस्तरीय शिक्षा जरुरी रहेको बताउँदै उहाँले नियमानुसार पठनपाठन नगर्ने विद्यालय र शिक्षकमाथि कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्